चर्चित गायक तथा संगीतकार भीषण मुकारुङ र उनकै छोरी अभियन्ता मुकारुङको स्वरमा ‘ए छोरी, ए बाबा’ बोलको गीत सार्वजनिक भएको छ । 

दुई दशकभन्दा लामो समयदेखि गायनमा सक्रिय भीषणले आफ्नी सानी छोरीसँग पहिलोपटक गीत रेकर्ड गराएका हुन् । सात वर्षकी अभियन्ताले यसअघि अन्य गायिकाहरुका गीतमा भने कभर भर्सनमा रेकर्ड गराएकी थिईन् । आफ्नै भने उनको यो पहिलो गीत हो ।गीतको स्टुडियो भिडियो अभियन्ता मुकारुङको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

b c

भीषणका यसअघि गाएका ‘खोर्सानी डल्ले, चन्द्रमुखी, अँधेरीमा जुन फुल्दा’ लगायतका गीतहरु स्रोता दर्शकले मन पराएका छन् । उनी पछिल्लो समय गायनसँगै संगीत गर्नुका साथै रेकर्डिङ स्टुडियो सञ्चालन गरिरहेका छन् । 

बाबु र छोरी बीचको माया ममता र सम्बन्धमा आधारित गीत भीषणकै श्रीमति तथा कवि सुमित्रा लिम्बु (सुमित्रा प्रवृत्ति)ले लेखेकी हुन् । एक समयकी सक्रिय कवि सुमित्राका पछिल्लो समय भने नयाँ कविता सार्वजनिक भएका छैनन् । लामो समयपछि उनले आफ्नै श्रीमान र छोरीका लागि गीत लेखेकी हुन् । 

baba ch

भीषण आफैंले संगीत गरेको गीतको रेकर्डिङ उनैले सञ्चालन गरेको पृथक रेकर्डस्मा गरिएको हो । 

गीतलाई कुशल सिहले एरेञ्ज, दिल सार्कीले रेकर्डिङ तथा दीप घतानीले मास्टरिङ तथा मिक्सिङ गरेका हुन् । भिडियोको छायाँकन र सम्पादन मनोज राईले गरेका छन् ।

भिडियो :