धरान । चलचित्र प्रेमगञ्जको शीर्षगीत सार्वजनिक भएको छ ।

परिच्छेद सेनले निर्देशन गरेको प्रेमगञ्जमा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको ‘माथि माथि आकाशमा’ बोलको गीतमा अभिनेत्री बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन र सुप्रिया खनालले अभियन गरेका छन् ।

पुरुषोत्तम ढुङ्गेलको शब्द रहेको गीतमा किरण भुषालले सङ्गीत भरेका छन् । तेज र बेनिशाले युवा अवस्थाको भूमिका निभाएका छन् भने प्रशन र सुप्रियाले किशोरावस्थाको भूमिका निभाएका छन् । उनीहरूसँगै फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, प्रविन भट्टराईलगायत कलाकारको अभिनय छ भने अभिनेत्री सुरक्षा पन्त अतिथि भूमिकामा देखिनेछिन् ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको लेखक पनि निर्देशक परिच्छेद सेन नै हुन् । उनी यही फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन् । सञ्जय लामाले छायाङ्कन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । चलचित्र भदौ ३ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ ।