धरान । कुनै बेलामा लोकप्रिय अभिनेता आर्यन सिग्देल अभिनित ‘मेरी सानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायक रविन लिम्बूको स्वरमा ‘मेरी सानी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतमा आर्यनलाई रुविना थापाले साथ दिएकी छन् ।

स्वच्छन्दवादी शैलीको गीतको शब्द डीपी खनाल र सदु खनालको हो । सौरभ लामाको निर्देशनमा तयारी भएको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।