चाबहिल स्थितकेएल टावरमा  रहेको  एफक्यूब सिनेमा हलमा मध्याह्न्न १२ बजे हुने  ‘कबड्डी ४’  शो रोकिएको छ । 

केएल टावर अगाडि विरोध प्रदर्शन चर्कीन थालेपछि  १२ बजेको शो स्थगित गरिएको एफक्यूबले जनाएको छ । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका युवकलाई रिहाइको माग गर्दै केएल टावर अगाडि युवाहरूले प्रदर्शन गरिरहेका छन् । 

पक्राउ परेका युवालाई रिहा गर्नुपर्ने र अभिनेत्री मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने प्रदर्शनकारीले माग गरेका छन् । आइतबार बेलुका  चलचित्र निर्माण टोलीसहित चलचित्र प्रदर्शनको क्रममा हल भ्रमणमा निस्किएको  अभिनेत्री मिरुनाले सिभिल मलको कफी सपमा फुर्वा लामाले  ‘ब्याड टच’ गरेको  आरोप लगाउदै  प्रहरीको जिम्मा लगाएकी थिइन् । भिडमा माझ मिरुनाले ती युवालाई थप्पड हानेकाे भिडियमे पनि यतिबेला सामाजिक संञ्जालमा भाइरल बनिरहेकाे छ । 

पक्राउ परेका लामालाई अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको जनाएकाे छ ।