प्रदेश १ स्तरीय गायन प्रतियोगिता वाइवाइ एसइई आइडल सिजन २ र डान्सिङ स्टार सिजन १ को अडिसन सुरु भएको छ । 

शनिबार  गायन प्रतियोगिता अन्तरगतको एसइई आइडल सिजन २ र नृत्य प्रतियोगिता डान्सिङ स्टार सिजन १ को अडिसन धरान १६ स्थित युएन कलेज तथा नवाेदय प्लस्टुकाे हलबाट सुरु भएको हो । 

 फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा आयोजनामा उक्त दुवै प्रतियोगितामा सय जनाले सहभागिता जनाएको  प्रालिका अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए । 

उनका अनुसार धरान अडिसनबाट सहभागी मध्ये गायन तर्फ ३० जना र नृत्य तर्फ १३ जना छनोट भएका छन् ।

अडिसनको निर्णायकहरूमा गायन तर्फ  द भ्वाइस अफ नेपाल सिजन दुईका टप ४  मा पर्न सफल गायक विकास तुम्बापो लिम्बू र गिटारिस्ट तथा गायक विनायक राई रहेका छन्, भने नृत्य तर्फ  नेशनल कोरियोग्राफर प्रितम सम्वाहाम्फे र छमछमी सिजन ३ मा फस्ट रनर अप  बनेकी मनिता राई रहेका छन् । 

प्रतियोगिताको अन्य अडिसनहरू धनकुटा, पाँचथर, इलाम, तेह्रथुम ताप्लेजुङ लगायतका जिल्लाहरूमा हुने अध्यक्ष तुम्बापोले बताए । 

अडिसनबाट १४ वटै जिल्लाबाट छनाेट भएका  प्रतियाेगीहरू मध्याेबाट  दाेस्राे चरणमा जेठ २१ गते छनाेट गर्ने र  तेस्राे चरणबाट फाइनसम्म छनाेट गर्दै जाने तुम्बापोले बताए । प्रतियाेगिताकाे   फाइनल असार १८ गते धरानमा हुने तुम्बापोले बताए ।

२०७५ सालमा पहिलो पटक ‘एसइई स्टेट १ आइडल’ आयोजना गरिए  फक्ताङलुङ मिडियाले यस वर्ष भने नृत्यतर्फ  'डान्सिङ स्टार' प्रतियोगिता पनि सञ्चालन गरेको छ । विशेष गरी एसइई दिएर बसेका विद्यार्थीहरू प्रति लक्षित गायन तथा नृत्य प्रतियोगिता सञ्चालन गर्दै आएका तुम्बापो भन्छन् " बालबालिकामा कुनै न कुनै आन्तरिक क्षमता, प्रतिभा वा विशेषता हुन्छ । त्यो क्षमता वा प्रतिभा प्रदर्शनका लागि उनीहरूले उचित अवसर पाउनुपर्छ भनेर कार्यक्रम आयोजना गरिएको हो "

‘गुणस्तरीय शिक्षा हाम्रो चाहना शिक्षासँगै विद्यार्थीको सर्वाङ्गीण विकास हाम्रो कामना’ भन्ने मूल नाराकाका साथ सञ्चालित प्रतियोगिताको  विजेताले नगद ५० हजारसहित एउटा गीत रेकर्ड, म्युजिक भिडियोमा खेल्ने अवसर, प्लस टु पढ्ने अवसर पाउने छ  । 

त्यस्तै, फस्ट रनर अफले ३० हजार, प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति, अन्य गिफ्ट ह्याम्पर, सेकेन्ड रनर अफले २० हजार, प्लस टु पढ्न ३० प्रतिशत छात्रवृत्ति, विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसका साथै विभिन्न सब–टाइटलहरू पनि प्रदान गरिने प्रचारप्रसार इभेन्ट कोअर्डिनेटर तीर्थ कार्कीले जानकारी दिए । २०७५ सालमा गौरव राई विजेता, राज लोहार फस्ट रनरअप र मिक्सोहा लिम्बू सेकेन्ड रनरअप भएका थिए ।