धरान । नेपालको चर्चित रक ब्यान्ड ‘अल्बाट्रोस’ ले धरानमा प्रस्तुति दिने भएको छ ।

पूर्वाञ्चल रक्सले आगामी शनिबार ब्यान्डलाई धरान ल्याउन लागेको हो । धरानको बगरकोट पारि रहेको भिन्टेज फ्यामिली रिसोर्टमा ब्यान्डले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

ब्यान्डका सदस्यहरू शिरिष दली, शनि मानन्धर, अभय सिद्धि र किस्मत डि श्रेष्ठ रहेका छन् । उनीहरूले आफ्ना चर्चित रक गीतहरू प्रस्तुत गर्नेछन् । कार्यक्रममा गायिका अङ्किता पुनको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।