धरान । ‘तिम्रै नाम होस्’ बोलको गीतमा राई इज किङ राजेशपायल राई र नायिका केकी अधिकारीबीच रोमान्स देखाइएको छ ।

गायक राई र अस्मिता अधिकारीको युगल स्वरमा रहेको गीतमा गायक स्वयम्ले अभिनय गरेका छन् । अमेरिकाको ओहायो निवासी गोपाल लोहारको शब्द रहेको छ । नायिका केकीसँग राई इज किङको रोमान्स रहेको छ ।

गीतलाई वरिष्ठ सङ्गीतकार वसन्त सापकोटाले सङ्गीतबद्ध गरेका छन् । सङ्गीतको संयोजक सञ्जीव बराइलीको छ । प्रेम जीवनमा रमाइरहेका प्रेमिल जोडीले एकअर्काप्रति जताएको प्रेम र सम्मान भावलाई भिडियोमा उतारिएको छ । कविराज गहतराजले भिडियोको निर्देशन गरेका हुन् ।