एजेन्सी । ‘परिवारवाद’ को आरोप खेप्दै आएको बलिउड उद्योगमा बलिउड स्टारका छोरी र नाति पुस्ताले ‘पदार्पण’ गर्दै छन् ।

जोया अख्तरको फिल्म ‘द आर्चीज’ बाट शाहरुख खान पुत्री सुहाना खान, श्रीदेवीकी पुत्री खुसी कपुर र अमिताभ बच्चनकी नातिनी अगस्त्या नन्दाले एकसाथ पदार्पण गर्न लागेका हुन् ।

बलिउड स्टार शाहरुखले सुहानाले फिल्म खेल्ने विषयमा गम्भीर चासो देखाएका छन् । बलिउडमा परिवारवादको हाबी हुँदै आएको आरोप लाग्ने गरेको छ । तर, पछिल्लो समय भने बलिउड उद्योगमा नयाँ अनुहारहरू पनि प्रशस्त आउन थालेका छन् ।

सुहानाको यो फिल्म ओटिटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज गरिने जनाइएको छ । सिनेमा घरमा भने नलाग्ने जनाइएको छ । फिल्मको छायाङ्कन पनि सुरु भइसकेको जनाइएको छ ।

सुहानासहित श्रीदेवी पुत्री खुसी कपुर, अमिताभ बच्चनकी नातिनी अगस्त्य नन्दाले पनि एकसाथ पदार्पण गर्न लागेका हुन् । बलिउड स्टारका नाति पुस्ताको एकमुष्ठ फिल्म आउन लाग्दा धेरैको चासो बढेको छ ।