धरान । चलचित्र ‘२ नम्बरी’ को छायाङ्कन पूरा भएको छ ।

निर्देशक दीपेन्द्र लामाले मङ्गलबारबाट छायाङ्कन सकिएको बताएका छन् । छायाङ्कन सुरु भएको २६ औं दिनमा फिल्म सकिएको हो ।

पोखराबाट छायाङ्कन सुरु भएको फिल्मको पोखराको आसपासमै छायाङ्कन सकिएको हो । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन र उपासना सिंह ठकुरीको समेत मुख्य भूमिका रहेको छ ।

फिल्म मित्रताको कथामा आधारित रहेको बताइएको छ । फिल्म कात्तिक ४ मा रिलिज हुने जनाइएको छ । दुई वर्ष अगाडि कोरोनाको कारण रोकिएको फिल्म कलाकार हेरफेर गरेर छायाङ्कन पूरा भएको हो ।