धरान । गायक कुवेर राईको स्वरमा सन्देशमूलक गीत ‘अब घूस दिन्न भनौं’ सार्वजनिक भएको छ ।

बबिन्द्र नेम्वाङको शब्द र भूपेन्द्र राईको सङ्गीत रहेको गीत रुबुसा युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो । गीतले घूस लिनु र दिनु गलत भएको सन्देश दिएको छ ।

घूस लिनु–दिनुभन्दा आफै मेहनत गरेर, पसिना बगाएर केही गरौं भन्ने सन्देश बोकेको गीतको लिरिकल भर्सन सार्वजनिक भएको हो । पृथक रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् ।