धरान । बाल गायिका रुक्साना लिम्बुको स्वरमा गायक एपी शेर्पाको चर्चित गीत ‘सम्झना नै आजभोलि’ रेकर्ड भएको छ । 

स्वर्गीय खेमराज गुरुङको संगीत र टिका चाम्लिङको शब्द रहेको उक्त गीत गायक एपीलाई चिनाउने गीत हो । २०६६ सालमा सार्वजनिक एल्बम ‘मेहनत’मा समावेश यो गीतले त्यसबेला निक्कै चर्चा कमाएको थियो । त्यहि गीतलाई ‘किड भर्सन’मा रुक्सानाले गाएपछि फेरि गीतले चर्चा पाउने गायक एपीको आशा छ । 

गीतको स्टुडियो भिडियो शुक्रबार सार्वजनिक हुँदैछ । भिडियोका लागि भुपेन्द्र तुम्बाहाङ्फेले छायाँकन र अर्जुन खड्काले सम्पादन गरेका छन् ।

b47f1faf-f815-49d9-893e-f6eec7b7f62a