धरान । नयाँ वर्षको स्वागतमा धरान–४ शिवजटास्थित ‘धरान ट्रि हाउस रिसोर्ट’ मा भव्य हिपहप पार्टी हुने भएको छ ।

चैत ३० गते राति हुने ‘हिपहप काउन्टडाउन नाइट’ मा र्यापर सिरुपाते, भिडिजे लामा, डिजे डबल बी, डिजे नोभसुङ लगायतले प्रस्तुति दिनेछन् भने साभी राई कार्यक्रमकी होस्ट हुन् ।

कार्यक्रममा सहभागीहरूका लागि विशेष पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।