धरान । नयाँ वर्ष २०७९ को पहिलो दिन वैशाख १ गतेको साँझ गायक राजेश पायल राई धरान–५ स्थित लुकुवा फेमिली रिसोर्टमा आयोजना हुने साङ्गीतिक कार्यक्रमको लागि धरान आउने भएका छन् । 

३ वर्षपछि साङ्गीतिक कार्यक्रमको लागि धरान आउन लागेका गायक पायलको यसअघि पुसमा हुने भनिएको कार्यक्रम कोरोनाको कारणले स्थगित भएको थियो ।

आफ्नो पहिलो कर्मभूमि धरानमा नयाँ वर्षको पहिलो दिन कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताउने गायक पायलले कार्यक्रममा डेढ दर्जन बढी आफ्ना नयाँ–पुराना गीतहरू गाएर मनोरञ्जन दिनेछन् ।