धरान ।  हास्य टेलिशृङ्खला गोलमालमा नेपाली फिल्ममा खलपात्रका रूपमा देखिँदै आएका सुशील पोखरेल पनि जोडिएका छन् ।

पछिल्लो समय फिल्म क्षेत्र कोरोना महामारीका कारण निर्माण सुस्त भएसँगै उनी हास्य टेलिशृङ्खला गोलमालमा देखिन थालेका हुन् । शुक्रबारबाट तेस्रो सिजन प्रसारण हुन लागेको छ ।

टेलिशृङ्खलामा शिवहरि आचार्य, सुशील पोखरेल, अंशु थापा (हात्ती) र एलिस राईको अभिनय रहेको छ । सिरियल हरेक शुक्रबार राति सवा ७ बजे प्रसारण हुँदै आएको छ ।

सिरियल पर्शुराम रिजालको परिकल्पना, लेखन र निर्देशनमा बनेको हो । विशेषगरी समसामयिक विषयलाई व्यङ्ग्य गर्दै तयार पारिएको छ ।