धरान/ सञ्चारकर्मी डब्बु क्षेत्रीको गजललाई गायक सानुबाबु महर्जनले स्वर दिएका छन् ।

तिम्रो याद नामक गजलको भिडियो सार्वजनिक भएको छ । जुगल डङ्गोलको सङ्गीत रहेको गीतको निर्देशन सञ्चारकर्मी क्षेत्रीले नै निर्देशन गरेका हुन् । उनको दुईवटा गजल सङ्ग्रह बजारमा आएको छ ।

यसअघि झरी नामक गजल सङ्ग्रह बजारमा ल्याएका थिए । युवापुस्तालाई लक्षित गरी भिडियोको निर्देशन गरिएको जनाइएको छ । जसमा कलाकार निश्चलविक्रम पौडेल र सृष्टी कडरियाको अभिनय रहेको छ ।

भिडियोलाई मिलन शङ्करले खिचेको हुन् । भिडियो पोखरालगायतका पर्यटकीय क्षेत्रमा छायाङ्कन गरिएको छ ।