मोरङको पथरीशनिश्चरे ४ , मिलन चोकस्थित  एकल लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

आज शनिबार नगरपालिका अन्तर्गत कला साहित्य प्रवर्द्धन समितिको आयोजनामा चन्द्रमा यूवा क्लवको  भवनमा आयोजना भएको हो ।

 कार्यक्रममा ४ नं वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले प्रमुख अतिथिको तर्फबाट संवोधन गर्दै गीत, संगीत, भाषा र साहित्यलाई जगेर्ना गर्नुपर्ने कुरा बताएका थिए ।  उनले कला र गलालाई राष्ट्रले सम्मान प्रदान गर्नु पर्ने कुरामा जोड दिएका थिए।

 १२ जना एकल प्रतिस्पर्धीले भाग लिएको  उक्त प्रतियोगितामा  प्रथम ,द्वितीय , तृतीय क्रमशः गरिमा मगर , कृपा पोख्रेल र विनिता राईलाई नगद, ट्रफि र प्रमाणपत्र सहितले पुरस्कृत गरिएको थियो ।

 प्रमुख अतिथि भण्डारीले विजयी नृत्यांगनाहरुलाई जनही २ हजार , १ हजार तथा  ५ सयका दरले पुरस्कार  प्रदान गरेका थिए।

 वडाध्यक्ष  गोविन्दबहादुर भण्डारीलाई विशेष सम्मान गरिएको उक्त कार्यक्रममा निर्णायक मण्डलका सदस्यत्रय पवन सुब्बा , चन्द्र तामाङ र अभिषेक मगर , नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराई , जनकल्याण आधारभूत विद्यालयका शिक्षिका रामकुमारी राई , बुद्ध माविका शिक्षक भविन्द्र थापा र सरस्वती आधारभूत विद्यालयका शिक्षक तुलसी भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

 पथरी डान्स सेन्टरका सञ्चालक समेत रहनुभएका  रामु विकले कार्यक्रम संचालन गरेका थिए।