धरान । गायक राजेशपायल राई र मिलन नेवारले नेपाली फिल्म ‘गेम’ को गीतमा स्वर दिएका छन् । 

काठमाडौंस्थित सङ्गम स्टुडियोमा गीतहरूको रेकर्डिङ थालिएको हो । टेक पौरखीको निर्देशनमा बनेको फिल्मका गीतमा अपेक्षा सिग्देलको शब्द तथा सङ्गीत रहेको छ । जसमा राजेशपायल र मिलन नेवारले स्वर दिएका छन् । सङ्गीत संयोजन भने गणेशकुमार चौधरीको छ । 

फिल्ममा दयाहाङ राईको मुख्य भूमिका रहने जनाइएको छ । अहिले त्यसका लागि औपचारिक छलफल भइरहेको निर्माण युनिटले जनाएको छ । फिल्मको छायाङ्कन काठमाडौं र भारतको सिक्किममा गर्न लागिएको छ । फिल्मको कथाबारे भने बताइएको छैन ।