धरान / बेलायतमा रहेकी अभिनेतृ सृजना लिङ्लेकुको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका मेलिना राईको स्वर रहेको ‘फूलहरु मगमग’ को म्यूजिक भिडियो सृजनाकै युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । कन्चन थलङ लिम्बूको शब्द तथा संगीत रहेको गीतको भिडियोमा सृजनाको एकल अभिनय रहेको छ । भिडियो बेलायतका रमणीय स्थलहरुमा छायाँकन गरिएको छ । भिडियोको निर्देशन, छायाँकन र सम्पादन कुशल श्रेष्ठले गरेका हुन् । 

video copy 

एक दशकदेखि कलाकारितामा सक्रिय सृजना सुरुमा रेडियोमा कार्यक्रम सञ्चालन गरेर मिडिया क्षेत्रमा प्रवेश गरेकी हुन् । त्यसपछि उनले विभिन्न सांस्कृतिक तथा आधुनिक म्युजिक भिडियो, डकुमेन्ट्रीमा अभियन गरिन् । उनी रङ्गकर्मी पनि हुन् । नाटकमा अभिनय गरेकी उनी पछिल्लो समय बेलायतमा बसेर भ्लगमा सक्रिय छिन् । उनले कलाकारितासँगै बेलायतमै बुटिक व्यवसाय पनि सञ्चालन गरिरहेकी छिन् ।

भिडियो