धरान । पप गायिका शिवानी मोक्तानले आज धरान १५ को बगरकोटमा प्रस्तुति दिने भएकी छन् । 

बगरकोटको एमएच लाउन्ज एन्ड बारमा उनले प्रस्तुति दिन लागेकी हुन् । बगरकोट व्यवसायी मञ्चका अध्यक्ष एवं एमएच लाउन्जका सञ्चालक जीवन मेन्या¨बोका अनुसार बगरकोटमा रमाइलो गर्न आउनेहरूलाई मध्येनजर गरेर हरेक महिना कलाकार ल्याउने गरेको हो । सिवानीसहित अन्तरा ब्यान्डको पनि प्रस्तुति रहनेछ ।