धरान । युवापुस्ताका तीन लोकप्रिय गायक गायिकाहरु एकदेव लिम्बु, रचना रिमाल र अस्मिता अधिकारीले पहिलो पटक धरानमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।
पौष २४ गते शनिबार धरानमा आयोजना हुने ‘नेपालआइस मनोरन्जन धमाका २०२२’ मा उनीहरुले आफ्नो प्रस्तुति दिने भएका हुन् । धरानको पब्लिक हाईस्कुल मैदानमा शनिबार साँझ आयोजना हुने म्युजिकल कन्सर्टको लागि तिनै जना कलाकारहरु पहिलो पल्ट धरान आउन लागेका हुन् । एकदेवले ‘आँखामा आउने सपनी , ब्ल्याक एण्ड व्हाईट, मन्दमन्द, क्या राम्री, तिम्रो मुटुमा, लौ कान्छी, मेरी सानु ,शिरफुल जस्ता थुप्रै लोकप्रिय गीतहरु गाएका छन् ।
eksev
त्यस्तै नेपाल आइडल सिजन २ को थर्ड रनरअप बिजयी अस्मिता अधिकारी पनि अहिले आधुनिक ,पप तथा फिल्मी गीतहरुमा निक्कै नै लोकप्रिय छिन् । उनका तिम्रो मायाले बाँधेर राख, टाढा भएपनि , साली मन प¥यो, लज्जावती झार झैँ , को होला त्यो, सिमसिमे पानी जस्ता थुप्रै हिट गीतहरु सार्वजनिक भएका छन् । उनको भर्खर रिलिज भएको ‘काफल खाने कुइंया’ बोलको गीत रिलिज भएको एक हप्ता देखि अहिले सम्म युट्युबको ट्रेन्डीङ्गमा रहेको छ ।
asmitta
नेपाल आइडल सिजन ३को टप आठसम्म पुगेकी रचना रिमाल पनि अहिलेको चर्चित गायिका मध्ये एक पर्छिन ।  उनको फोटो फिरिममा , उनको प्रिती, एक चिम्टी सिन्दुर, काफल गेडी, रुमाल चिनो,  छुक छुक रेल जस्ता थुप्रै गीतहरु चर्चित छन् । एक समय चटपटेवाली गायिका को रुपमा समेत भाइरल बनेकी गायिका रचनाका प्रत्येक अन्तर्वार्ता समेत उनको सोझो जवाफले  भाइरल हुने गर्छन । 
rachanana
तिनै चर्चित कलाकारहरुलाई सिल्भर इन्टरटेनमेन्टले पहिलो पल्ट धरानमा आयोजना हुने भब्य कन्सर्ट नेपालआइस मनोरन्जन धमाका २०२२ मा  एक साथ उतार्न लागेको हो । कार्यक्रममा बिभिन्न आकर्षक डान्स प्रस्तुति समेत राखिएको छ।  नेपाल आइस् बियरको मुख्य प्रायोजन तथा डिभाइन वाइन प्रिमियमको सहप्रायोजन रहेको कन्सर्टमा ब्ल्याक पिग इन्टरटेनमेन्ट, एनएचडीडी स्टुडियो, जेन्टलमेन अनलाईन टिभी, बराह ग्रुप , एसपी इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट र लोक जगत मोटर्सको बिशेष सहयोग रहेको कन्सर्टको गेट टिकट रु २०० मात्र राखिएको छ।  भब्य साउण्ड र लाईट सहितको कन्सर्टको लागि अहिले प्रचार प्रसार तिब्र रुपमा  गरिएको छ ।