धरान । युवापुस्ता माझ चर्चित गायिका तृष्णा गुरुङले शुक्रबार धरानमा प्रस्तुति दिने भएकी छन् ।

धरानको पुतलीलाईन स्थित फ्रेन्ड्स गार्डेन रेष्टुरेन्टले आयोजना गर्न लागेको ‘फ्रेन्ड्स म्युजिकल नाइट’मा उनले विभिन्न गीत प्रस्तुती दिने भएकी हुन् । उनका ‘खानी ओ यामु, गाइने दाजैले, माया पिरती लगायतका गीत युवापुस्ता माझ चर्चित छन् । 

कार्यक्रममा तृष्णासँगै बादल लिम्बू, निमा तामाङ, अनिस सुब्बा, डीजे एल्विना लिम्बूलगायतको पनि प्रस्तुति रहने बताइएको छ । शुक्रबार साँझ ७ देखि रातको १० बजेसम्म कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । 

फ्रेन्ड्स गार्डेनले यसअघि पनि विभिन्न सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।