धरान । गायक नविन बजगाईंको नयाँ नेपाली पपगीत ‘खै हिजोआज’को भिडियो सार्वजनिक भएको छ ।

गायक बजगाईंकै शब्द र सङ्गीत रहेको गीतको भिडियोमा कलाकार बादल श्रेष्ठ र केञ्जल योङहाङले अभिनय गरेका छन् । हेमन तामाङको सम्पादन तथा निर्देशन रहेको भिडियोमा लागुऔषधको प्रयोगले मान्छेको जीवनमा कस्तो असर पर्छ ? भन्ने विषय प्रस्तुत गरिएको छ । कलाकार बादलले लागुऔषध प्रयोगकर्ताको भूमिकामा अभिनय गरेका छन् । 

एक लागुऔषध प्रयोगकर्ताले भोग्नु पर्ने आर्थिक तथा मानसिक समस्या भिडियोमा प्रस्तुत गरिएको छ । लागुऔषध बारे सचेतना समेत प्रस्तुत गरिएको भिडियो नबिन बजगाईंकै च्यानल मार्फत सार्वजनिक भएको हो ।

भिडियो :