धरान । गायक राजेशपायल राई र गायिका जुनी खालिङ राईको आवाजमा रहेको गीत ‘ए साईला’ को भिडियो सार्वजनिक भएको छ ।

सञ्जीव कोयी राईको शब्द र अनिल कोयी राईको सङ्गीत रहेको गीतको स्टुडियो लिप्सिङ भिडियो सन्जिब कोयी युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । ओपल स्टुडियोमा रेकर्डिङ गरिएको गीतको एरेन्ज विष्णु अधिकारीले गरेका हुन् भने विप्लव अधिकारीले रेकर्डिङ, मिक्सिङ मास्टरिङ गरेका हुन् । 

उक्त गीत तथा भिडियो निर्माणका लागि मकाउ स्थित विभिन्न नेपाली समुदायका जातिय संघ संस्था, तथा संगीतप्रेमीहरुले सहयोग गरेका छन् ।  म्युजिक भिडियोको छायांकन दिनेश पराजुलीले गरेका हुन् ।

भिडियो