धरान । गायिका अरुणा लामाको सम्झनामा ‘हाँसी हाँसी जलिरहेको’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । 

अरुणा लामाको जन्मदिनको अवसर पारेर भिडियो सार्वजनिक गरिएको हो । गीतमा कविता श्रेष्ठको स्वर रहेको छ भने नरेन्द्रराज प्रसाईंको शब्द र कुन्दनराज सुब्बाको सङ्गीत रहेको छ । गीतको भिडियोमा शिल्पा पोखरेल र आयुश छेत्रीको अभियन रहेको छ । आयुश छेत्रीको निर्देशनमा बनेको गीत युट्युबमा सार्वजनिक गरिएको छ । भिडियोमा घरेलु हिंसामा नारीको मौनतालाई देखाइएको छ ।