धरान । लिम्बु भाषाको गीत ‘साम्याङ्फुङ’ को भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा अभिनेतृ तथा मोडल रेखा लिम्बु र अभिनेता मौसम इम्बुङ लिम्बु (फुलेन्देको बाउ) का साथै वरिष्ठ कलाकार प्रेम सुब्बा र भिडियोका कोरियोग्राफर समेत रहेका दिनेश माङ्मुको अभिनय देख्छ सकिन्छ ।

सेमिहाङ केएन सिङ्गकको शब्द, सङ्गीत र स्वर रहेको गीतमा गायिका सुनिता थेगिमले पनि साथ दिएकी छन् । गीतको एरेन्ज टेकेन्द्र यक्सोले गरेका हुन् ।

भिडियोको निर्देशन युगल पोमोले गरेका हुन् । भिडियोको छायाँकन भुपेन्द्र तुम्बाहाङ्फेले र सम्पादन अनिलकुमार महर्जनले गरेका हुन् । त्यस्तै भिडियोका लागि कलाकारहरुको पहिरन धरानको आर स्क्वायर कलेक्सन बुटिकले तयार पारेको हो ।