अफगानिस्तानमा तालिवानले  नयाँ सरकार घाेषणा गर्ने भएकाे छ । सत्ता कब्जामा लिएपछि सरकार गठनकाे गृहकार्य थालेकाे तालिवानले केही दिनमै सरकार घाेसणा गर्ने भएकाे । तालिवान सांस्कृतिक आयोगका सदस्य अनामुल्ला सामागानीलाई उध्रित  गर्दै अन्तराष्ट्रिय संञ्चार माध्यमहरूले जनाएका छन् ।

 उनका अनुसार  मुल्लाह हेबातुल्ला अखुनजादाले नै तालिबान र नयाँ सरकारकाे नेतृत्व गर्ने बताएका छन् । 

सामागानीले सरकार गठनको परामर्श लगभग सकिएको र मन्त्रिपरिषद् बारेको आवश्यक छलफल पनि सकिएको जानकारी दिदै अब घोषणा हुने इस्लाम सरकार जनताको मोडेलमै हुने बताएका छन् ।