धरान । गायक हिमाल सागरको स्वर तथा संगीतमा भुलिदेऊ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

ब्लड क्यान्सरले पीडित प्रेमिका र शंकालु प्रेमीबीचको कथालाई म्यूजिक भिडियोमा उतारिएको छ । रोहन पौडेल जनकको शब्द रहेको गतिमा महेश्वरमान राजभण्डारीको संगीत संयोजन रहेको छ । 

गीतको छायांकन अमेरिकामा गरिएको छ भने भिडियोमा पूर्ण लम्साल, गायक र लक्ष्मी ओलीलाई फिचर्ड गरिएको जनाइएको छ । लक्ष्मीले यही गीतबाट अभियनमा डेब्यु गरेकी हुन् । बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । हिमाल सागरले एक महिनाअगि मात्रै एउटा गीत सार्वजनिक गरेका थिए ।