धरान/ गीतकार सञ्जीव कोयी राईको शब्द रचनामा गायिका मेलिना राई र गायक निशान भट्टराईले गाएको ‘सालघारीमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोमाण्टिक शैलीको म्युजिक भिडियोमा मोडल अञ्जली अधिकारी र विजय पुनले मुख्य अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन आशिष राईले गरेका छन् भने छायाङ्कन दुर्गा बान्तावा राई र मनोज राईले गरेका हुन् । राजु कार्कीले एरेञ्ज गरेको गीतको सङ्गीत दिलिप कोयी राईले गरेका हुन् ।

सार्वजनिक म्युजिक भिडियोका लागि शृङ्गार सञ्जु थलङले गरेकी हुन् भने ड्रोनमा किरण रोक्काले लिएका दृश्यमा रेकर्डिङ, मिक्सिङ र मास्टरिङ एकराज सेम राईले गरेका छन् । वान पिस स्टुडियो काठमाडौंमा रेकर्डिङ गरिएको भिडियो जनता डिजिटल फिल्ममार्फत् बजारमा ल्याइएको हो ।

म्युजिक भिडियो प्राविधिक पक्षको सम्पूर्ण इडिटिङ र कलरिङ अमृत चापागाईंले गरेका हुन् । म्युजिक भिडियो सञ्जीव कोयीको युट्युब च्यानलमार्फत् शुक्रबार सार्वजनिक गरिएको हो । गीतकार राई लामो समयदेखि मकाउमा छन् ।