धरान/ गायक नितिन गजुरेलले ‘कसम हो कसम’ गीतको भिडियो सार्वजनिक गरेका छन् ।

मुनालशिशिर कोइरालाको शब्द तथा दीपकराज विश्वकर्माको सङ्गीतमा गीत सार्वजनिक गरिएको हो ।

नितिनलाई गायिका अनु चौधरीले साथ दिएकी छन् । माया–प्रेममा समर्पण भावको गीतको भिडियोमा सुधीर श्रेष्ठ र नग्मा श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

गीतको भिडियोलाई मुनालशिशिरको निर्देशन गरेका छन् । भिडियो जनता डिजिटलको युट्युबमा रिलिज गरिएको छ ।