धरान । धरानका युवाहरूको साङ्गीतिक समूह ‘एजिज’ ले आफ्नै गीत ‘बचाइदेऊ’ को भिडियो सार्वजनिक गरेको छ ।

मङ्गलबार धरानमा आयोजित एक कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले भिडियो सार्वजनिक गरे । एक वर्षअघि स्थापना भएको ब्याण्डको यो पहिलो भिडियो हो ।

ब्याण्डको भोकलिष्टमा मनकुमार लिम्बू, लिड गिटारिष्टमा सन्तोष लिम्बू, बेस गिटारिष्टमा मनुहाङ राई, ड्रमरमा प्रमोद लिम्बू र एरेञ्जर तथा म्यानेजरमा आइमन राई छन् ।

ब्याण्डका भोकलिष्ट मनकुमारले करिब एक दशकदेखि सङ्गीत क्षेत्रमा सक्रिय साथीहरू मिलेर ब्याण्ड स्थापना गरेको बताए । यसअघि विभिन्न कन्सर्टमा प्रस्तुति दिएका ब्याण्डका सदस्यहरूले ब्याण्ड स्थापनापछि कभर भिडियो गरेर आफ्नै च्यानलमा सार्वजनिक गर्ने गरेका थिए । ब्याण्डले अन्य गीतहरू पनि रेकर्ड गरेको उनले बताए ।