धरान / धराने अभिनेतृ रेखा लिम्बु र कञ्चन थलङ अभिनित ‘चिसो चिसो छ मौसम’ गीतको भिडियो दश लाख भन्दा बढी दर्शकले हेरेका छन् । 

भिडियोले ‘मिलियन भ्युज’ पाएपछि ‘चिसो चिसो’ टिमले बालबालिकासँग केक काटेर खुसीयाली मनाएको छ । 

rekha

धरान–१३ स्थित ‘इमानुएल चिल्ड्रेन होम’का बालबालिकालाई खाना खुवाएर साथै उनीहरुसँगै केक काटेर खुसियाली मनाइएको हो । त्यहाँ १९ बालबालिका रहेका छन् । भिडियोमा अभिनय गरेका रेखा र कञ्चनले बालबालिकासँगै केक काटेका थिए । अभिनेतृ रेखाले आफुले अभिनय गरेको ‘चिसो चिसो छ मौसम’ गीतको भिडियो टिकटकमा समेत चर्चामा रहेको भन्दै दर्शकहरुलाई धन्यवाद दिईन् ।  गीत रचनाकार, संगीतकार समेत रहेका कञ्चनले  आफ्नै युट्युब च्यानलमा राखिएको भिडियोलाई दर्शकले मन पराउँदा र हौसला दिँदा खुसी लागेको र अझै नयाँ नयाँ काम गर्न जोश जाँगर पलाएको बताए । उनले भने, ‘यो गीतको भिडियो हामीले बुस्ट पनि गरेनौं, तर दर्शकले सारै मन पराउनुभयो । यो अग्र्यानिक भ्युज हो ।’

कञ्चन थलङकै शब्द र संगीत तथा मेलिना राईको स्वर रहेको गीतको भिडियो ६ महिनाअघि कञ्चनक ै युट्युब च्यानलबाट सार्वजनिक भएको थियो । दुई वर्षअघि कञ्चनकै स्वरमा सार्वजनिक गीत पछि ‘फिमेल भर्सन’मा मेलिनाको स्वरमा सार्वजनिक भएको थियो । कञ्चनको स्वरमा रहेको गीतको भिडियोलाई पनि ४ लाख भन्दा बढीले हेरिसकेका छन् ।

भिडिओ