धरान ।  ‘तिमी त जाली रैछौ‘’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा करण धिताल र मेनुका माझीले अभिनय गरेका छन् । केही समयअघि ‘यो खुशी‘’, ‘प्रिय तिमी‘’, ‘हुँदैछ रे बिहे‘’ याद आउँछ लगायत दर्जन बढी म्यूजिक भिडियोहरुमा अभिनय गरिसकेका करणलाई यो भिडियोमा मेनुकाले मुख्य भूमिकामा साथ दिएकी हुन् । भिडियोमा भुवन खड्का, नयन श्रेष्ठ र शिक्षा लिम्बुको पनि अभिनय रहेको छ ।

झापा दमकको काब्या रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुभाष रसाईलीले आवाज भरेका छन् । बारात धिमालको शब्द संगीत, अशोक थापाको एरेन्ज, नन्दु गुरुङ रेकडिसमा रहेका छन् । भिडियोलाई अशोक लाखेले निर्देशन गरेका हुन् ।

भिडियो :