धरान । अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीमा आधारित फिल्म ‘ओभर डोज’ आज प्रिमियर शो गरिँदै छ । 

अमेरिकाको टेक्सस राज्यको डलासमा प्रिमियर गरिन लागिएको हो । लागूऔषध र अपराधभित्र कथा निर्माण गरिएको छ । प्रनिसराज पन्त, सविनजंग थापा, बिना श्रेष्ठको मुख्य भूमिका रहेको छ भने गौरव गुरुङ र स्वामी डिजेलगायत अमेरिकन कलाकार पनि रहेका छन् । 

सुमन पौडेलको लेखन तथा निर्देशनमा बनेको यस फिल्मलाई नेपाली र अंग्रेजी दुई भाषामा निर्माण गरिएको हो । पौडेलको यो पहिलो फिचर फिल्म हो । चितवन निवासी उनले फिल्म मेकिङमा स्नातक सकेका छन् । 

दर्शकका लागि केही नयाँ दिने उद्देश्यले फिल्म निर्माण भएको अभिनेता प्रनिसराज पन्त बताए । पढाइको सिलसिलामा उनी अमेरिकामा बस्दै आएका छन् । दादा प्रोडक्सन हाउसको ब्यानरमा फिल्म निर्माण गरिएको हो ।