ब्लाष्टखबर । विवादित बयान दिएर सधै चर्चामा रहेने भारतीय अभिनेत्री कंगना रणौतकाे ट्विटर अकाउट सस्पेन्ड गरिएकाे छ । 

ट्विटरकाे नियम पालना नगरेकाे भन्दै ट्विटरले कंगनाकाे अकाउट सस्पेन्ड गरिदिएकाे हाे । पछिल्लाे ३ दिन देखी विवादित ट्विट्सकाे कारण उनि  चर्चामा रहेकी छिन् । भारतमा  कारेना महामारीले निम्त्याएकाे अक्सिजना अभाव र अक्सिजनकै कारण अत्याधिक काेराेना संक्रमितकाे मृत्यु भइरहेकाे अवस्थामा अक्सिजनलाई लिएर गरेकाे एक ट्विटका कारण साेसल मिडियामा उनि ट्राेल बनिरहेकी थिइन् । 

यसै विच भारतीय सत्तारूढ पार्टी बिजेपी समर्थित कंगनाले बगाल चुनाबकाे नतिजा आइरहँदा भएका कथित हिंसाकाे ट्विटर मार्फत टिप्णी गरेकि थिइन् । उक्त हिंसाकाे विषयलाई लिएर अत्याधिकमात्रमा ट्विट गरीरहेकी थिइन् ।

भारतीय संञ्चारमाध्यमहरूका अनुसार  उक्त ट्रविटमा बंगाल भाइलेन्स  हैशटैग संञ्चालन समेत गरिकी उनले  बंगालकी मुख्य मन्त्रीलाई खुनकाे प्यासी  राक्षसी ताडका बताएकी थिइन् । यिनै पछिल्ला ट्विटहरूलाई लिएर ट्विटरले उनकाे एकाउंट सस्पेड गरिदएकाे छ ।