ब्लाष्टखबर । बाँकेमा काेराेना संक्रमितकाे संख्यारूपमा तीव्र बृद्धि हुन थालेपछि आज मध्यरातबाट लागुहुने नेपालगञ्ज उपमहानगर क्षेत्रमा एक साता लकडाउ गरिने भएकाे छ ।

जिलला प्रशासन कार्यलयबाट जारी गरिएकाे एक विज्ञप्ती मार्फत जिल्लाकाे सबैभन्दा धेरै ७३५ सक्रिय संक्रमित रहेकाे नेपालगञ्ज उपमहानगर क्षेत्रमा आज मध्यरातीबाट १५ गते मध्य राति सम्मका लागी  लकडाउनकाे  गरिएकाे जनाएकाे छ ।

यस अघि मंगलबार बसेको कोरोना संकट व्यवस्थापन समिति बैठकले एक सातासम्म लकडाउन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारीलाई सुझाव दिएको थियो । डिसीसीएमसीको सिफारिस अनुसार नै लकडाउन घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताएका छन् ।

संक्रमितकाे बढ्दाे संख्याका कारण नेपालगञ्जका अस्पतालहरूकाे बेड भरिभराउ भएकाेले संक्रमण फैलावटकाे चेनब्रक गर्न लकडाउन गर्नु परेकाे गेलालले बताएका छन्