कट्टरपन्थी इस्लामी आतंकवाबाट मुलुकलाई बचाउन केही मुस्लिम देशमा पहिले नै लगाइआएको यात्रा प्रतिबन्धलाई पुनः जारी राख्न अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडनसँग माग गरेका छन् । ट्रम्पले शरणार्थी प्रतिबन्धलाई पनि जारी राख्न माग गरेका छन् । 

‘यदि बाइडनले हाम्रो देशलाई कट्टरपन्थी इस्लामी आतंकवादबाट सुरक्षित राख्न चाहान्छन् भने उनले अन्य देशबाट आउनेहरुलाई यात्रा प्रतिबन्ध गर्नुपर्छ र देशमा प्रवेश गर्ने व्यक्तिको जाँचका सबै उपाय अवलम्वन गर्नुपर्छ ।’ 

ट्रम्पले भनेका छन्, ‘आतंकवादी पूरै विश्वमा सक्रिय छ र उनीहरुले अनलाइन भर्ती गरिरहेका छन् । मुलुकलाई आतंकवाद र कट्टरपन्थबाट टाढा राख्नका लागि समझदारीयुक्त र व्यवहारिक नियम जरुरी छ । हामीले प्रवासीसँग जोडिएका गल्तीलाई नदोहोर्याऔं, जुन युरोपले र मेरो कार्यकालभन्दा अगाडि अमेरिकाले गरेको थियो ।

ट्रम्पले इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनसमेत मुस्लिम देशमा यात्रा प्रतिबन्ध लगाएका थिए । बाइडन राष्ट्रपति भएपछि यो प्रतिबन्ध हटाएका थिए ।