धरान/ गायिका जुनी खालिङ राईको नयाँ गीत ‘पटुकी कसी छेवैमा बसी’ को भिडियो सार्वजनिक भएको छ ।

जीवन खालिङ राईको शब्द, जिबिहाङ राईको सङ्गीत रहेको गीतमा जुनीसँगै ज्ञानकुमार नाछिरिङको स्वर रहेको छ । गायिका जुनीकै निर्देशन रहेको भिडियोमा जुनीसँगै मुना खालिङ, किरण राईलगायतले अभिनय गरेका छन् ।

भिडियोको सम्पादन रिकेशजङ रायमाझीले र छायाङ्कन श्रीराम रायमाझी र सविन लिम्बूले गरेका छन् ।