धरानस्थित युएन कलेजलाई होटल म्यानेजमेन्ट (एचएम) र व्यवस्थापन विषय अध्ययनका लागि प्रदेश १ कै उत्कृष्ट कलेजका रुपमा लिइन्छ ।

शिक्षा नै परिवर्तनको मूल संवाहक हो भन्ने मूल मन्त्र लिएर एक दशक अघि स्थापना भएको नवोदय, युएन कलेजले आफ्नो स्थापनाको छोटो समयमै आफूलाई प्रदेश १ को नमूना कलेजका रुपमा स्थापित गरेको छ ।

नवोदय, युएन कलेजमा प्लेग्रुपदेखि स्नातक सम्म अध्यापन हुन्छ । कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट (एचएम) र म्यानेजमेन्ट (व्यवस्थापन) तथा स्नातक (ब्याच्लर) तर्फ चारवर्षे बीएचएम र बीबीएस कार्यक्रम सञ्चालनमा छन् ।

बीएचएमका लागि विद्यार्थीहरुले काठमाडौं नै धाउनु पर्ने बाध्यात्मक अवस्थालाई नवोदय युएन कलेजले तोडेको छ । त्रिभूवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी युएन कलेजले धरानमै बीएचएमका कक्षा सञ्चालन गरिरहेको छ ।

विषयगत, सिर्जनात्मक, व्यवहारिक र सैद्धान्तिक सबै प्रकारका ज्ञान र शिक्षालाई युएन कलेजले प्रविधिमैत्री ढंगले प्रस्तुत गरिरहेको छ । सह्रानीय शैक्षिक व्यवस्थापन, दक्ष शिक्षक, गुणस्तरीय शिक्षा र उत्कृष्ट भौतिक पूर्वाधार सहित युएन कलेजले प्रदेश १ मै आफूलाई अग्रस्थानमा उभ्याएको छ ।

मात्रात्मक भन्दा गुणात्मकतालाई ध्यानमा राखेर युएन कलेजले शैक्षिक गतिविधि सञ्चालन गरिरहेको छ । विद्यार्थी दृढ इच्छा शक्ति र मिहिनेत, अभिभावकको समर्थन र उत्साह, सामाजिक स्वीकृतिजस्ता पक्षहरुले पनि युएन कलेजलाई अब्बल र जिम्मेवार बनाइरहेको छ । विद्यार्थीको व्यक्तिगत हेरचाह, नियमित पठनपाठन, अनुभवी र दक्ष प्राध्यापकहरुको मार्गनिर्देशन मैत्रीपूर्ण र अनुशासित वातावरणमा नवोदय, युएन कलेजका विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

केस स्टडी, मल्टिमिडियामा आधारित कक्षा, प्रतिवेदन लेखन, पब्लिक स्पिकिङ कोर्ष, बैंकिङ र इन्डस्ट्रियल इन्टर्नसिप, इन्डस्ट्रियल भिजित, मार्केट रिसर्चजस्ता व्यवहारिक ज्ञान सिकाइने युएन कलेजले सैद्धान्तिकसँगै व्यवहारिक र अतिरिक्त क्रियाकलाप र सहकार्यकलापलाई पनि सहयोग पुग्ने गरी कार्यक्रम सञ्चालन गरिरहेको छ ।  

युएन कलेजमा विद्यार्थीको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै अब युएनले विज्ञान संकायका लागि पनि तयारी गरिरहेको छ । बिएचएममा थप सिटहरुका लागि प्रक्रिया पूरा गरिसकेको छ ।  आउनुहोस् यसै सन्दर्भमा युएन कलेजका प्रमुख डम्बर तुम्बापोसँग हामीले साक्षात्कार गरेका छौं ।