विजयपुर । गायक प्रमोद पोर्तेलको दोस्रो एल्बम् ‘माया हो’ को गीत ‘माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शनिबार धरानमा एक कार्यक्रम गरि भिडियो सार्वजनिक गरिएको हो । वरिष्ठ गायक दिप श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजीत कार्यक्रममा गायक गङ्गा बरदान, शिव लामिछाने, धरान संगीत प्रतिष्ठानका  निवर्तमान अध्यक्ष मचेन लिम्बू, अध्यक्ष सुवर्ण श्रेष्ठ, रोहित मास्के, बिनायक राई, डिल्ली फोम्बो, भानु थापा मगर लगायतको उपस्थिति रहेको थियो । 

पोर्तेलकै शब्द, सङ्गीत र स्वर रहेको गीत ‘माया’ मा  हिना मल्ल बराइलीले साथ दिएकी छिन । भिडियोमा गायक पोर्तेल र हिना बराइलीले अभिनय गरेका छन् । सुल्तान इधिङ्गोले भिडियो निर्देशन गरेका हुन् । पोर्तेल एक दशकदेखी धरानलाई कर्मक्षेत्र बनाएर संगीतिक  क्षेत्रमा संघर्ष गर्दै आएका छन् ।