धरान । गायक, सङ्गीतकार तथा मोडल कञ्चन थलङको गीत ‘चिसो चिसो छ मौसम’ पछिल्लो समय चर्चामा छ ।

एक वर्षअघि कञ्चनकै शब्द, सङ्गीत र स्वरमा सार्वजनिक भएको गीत हालै फिमेल भर्सनमा मेलिना राईको स्वरमा सार्वजनिक भएको छ । गीतको भिडियोमा रेखा लिम्बु र कन्चनकै अभिनय छ । यो गीत पछिल्लो समय टिकटकमा समेत हिट छ । 

कञ्चनले यसअघि २ दर्जन भन्दा बढी गीत गाएका छन् भने धेरै गीतमा शब्द र सङ्गीत पनि भरेका छन् । उनले भिडियोहरुमा अभिनय पनि गरेका छन् । लिम्बुवान आईडलबाट चिनिएका कञ्चन पछिल्लो समय काठमाडौंका बसेर सङ्गीत कर्म गरिरहेका छन् । काठमाडौंमा रहेर गायनमा सक्रिय भइरहेका उनको पछिल्लो गीत ‘चिसो चिसो’ सार्वजनिक भएपछि कञ्चनको व्यस्तता झनै बढेको छ । 

देश विदेशका दर्जनौं साङ्गीतिक कार्यक्रमहरुमा सहभागी भएका उनी पछिल्लो गीत सार्वजनिक भएपछि दर्शक स्रोताले दिएको प्रतिक्रियाले हौसला बढेको बताउँछन् । उनी भन्छन्, ‘अहिलेको धेरैले प्रयोग गर्ने टिकटकमा हजारौंले यो गीतलाई छान्दा खुसी लागेको छ । राम्रो काम गर्दा स्रोता दर्शकको माया पाईदो रहेछ।’