सर्वोच्च अदालतद्वारा बदरको निर्णय भएको नेकपाको ओली पक्षले  २२१ सदस्यीय धरान उपमहानगर कमिटी घोषणा गरेको छ । 

धरान उपमहानगर कमिटी पुनर्गठन गर्दै पार्टीआबद्धहरुलाई सपथ ग्रहण समेत गराएको छ । 

केन्द्रीय कमिटी सदस्यसमेत रहेका  जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीको प्रमुख उपस्थितिमा नवगठित कमिटीका सदस्यहरुलाई सपथ गराइएको अध्यक्ष हर्कजंग एभेङले जानकारी दिए । 

dharan_nagar_committeeghosana

कमिटीको नेतृत्वमा आएपछि वडा कमिटीहरुसमेत तीव्र रुपमा निर्माण भइरहेको र संगठन विस्तारलाई तीव्र रुपमा अगाडि बढाइरहेको एभेङले बताए । 

Nekapa_dharan_Rewati_Raman_Bhandari

शनिबार वडा नं. ८ मा रामकुमार प्रधानको अध्यक्षतामा ६१ सदस्यीय कमिटी पुनःगठन गरिएको छ । कमिटीका उपाध्यक्षमा विश्वराम कार्की, सचिवमा खड्गबहादुर विश्वकर्मा र उपसचिवमा लीला बास्तोला चयन भएको एभेङले जानकारी दिए ।

  Nekapa_dharan

Nekapa_dharan1