धरान / नेकपा एमाले धरान बिशेष इलाका संगठन कमिटीको सातौ अधिवेशनले तारा सुब्वालाई पूर्ण तेश्रो कार्यकालका लागि निर्वाचित गरेको छ । यस अघि उनी दुई कार्यकाल अध्यक्षको जिम्मेवारी पुरा गरि सकेका छन् । jodeआईतबार भएको निर्वाचनामा सुब्वाले प्रतिद्वन्द्वी किशोरकुमार कार्कीलाई हराउदै विजयी भएका हुन । उपाध्यक्षमा सुब्वाकै प्यानलका नारायण सुवेदी निर्वाचित भए । उनले २९७ प्राप्त गरे उनका प्रतिद्वन्दी हर्कजङ एभेङले ५७ प्राप्त गरे । सचिवमा राजमणी निरौला सर्वसम्बत चुनिए । उपसचिवमा धनबहादुर राई निर्वाचित भए । उनले २८० मत प्राप्त गरे । प्रतिद्वन्द्वी गोपीकृष्ण खतिवडाले ७६ मत पाए । विजयी सबै पदाधिकारी अघिल्लो कार्यकालमा पनि रहेका थिए । माधव नेपाल पक्षले केपी ओली पक्षलाई भारी मतको अन्तरले हराएका छन् ।  सदस्य पदमा पनि सुब्वा प्यालनकै वियज भएका छन् । ।
९ वटा कोटा रहेको खुल्ला सदस्य तर्फ २९ जनाको उम्मेद्धारी  परेका थियो । पदाधिकारी सहित ६१ सदस्यीय कार्यसमिति चयन भएको छ ।