uml_flag-300x275विजयपुर / नेकपा एमाले धरान विशेष इलाका संगठन कमिटीको सातौँ अधिवेशनको क्रममा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । नेतृत्वका आकाङ्क्षीहरु धेरै देखिएपछि निर्वाचन प्रक्रियामा जाने भएको छ । आइतबार बिहान निर्वाचनसम्बन्धी कार्यक्रम शुरु हुने निर्वाचन समितिले जनाएको छ ।
शनिबार अध्यक्ष तारा सुब्बाले राजनैतिक तथा सांगठनिक प्रतिवेदन र आर्थिक विभाग प्रमुख भद्रमान गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदनलाई बन्दसत्रले संशोधनसहित पारित गरेको छ । शनिबार नै नयाँ कार्यसमितिको चयन गर्ने कार्यक्रम भने सफल हुन सकेन । सर्वसम्मत हुने आशा गरिएको अध्यक्षलगायतका पदहरुमा उम्मेदवारी परेपछि निर्वाचन हुने भएको हो ।
अध्यक्षमा मदन भण्डारी फाउण्डेशन सुनसरीका सचिव तथा ब्लाष्ट टाइम्स दैनिकका सम्पादक किशोरकुमार कार्कीले पनि उम्मेदवारी दिएका छन् । उनीसँगै उपाध्यक्षमा अहिलेकै उपाध्यक्ष नारायण सुवेदी र अहिलेका कार्यसमिति सदस्य हर्कजङ एभेङले उम्मेदवारी दिएका छन् । यस्तै सचिवमा राजमणि निरौलाले दोहो¥याएका छन् भने हालका नगर सदस्य ऋषिराज राईले पनि सो पदमा उम्मेदवारी दिएका छन् । उपसचिवमा अहिलेका उपसचिव धनप्रसाद राई र उनका प्रतिद्वन्द्वीका रुपमा बुद्धिजीवी परिषद् सुनसरीका पूर्वसचिव गोपीकृष्ण खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिले नामावली प्रकाशन गर्दै आइतबार बिहान ८ बजे निर्वाचन शुरु हुने जानकारी दिएको छ । नौवटा कोटा रहेको खुल्ला सदस्यतर्पm २९ जनाको उम्मेदवारी परेको छ । अहिले सबै उम्मेदवारहरु निर्वाचनको परिणाम आप्mनो पक्षमा पार्न कडा कसरत गरिरहेका छन् ।
ब्लाष्टकर्मीसहित छजनालाई प्रशंसापत्र
यसैबीच एमाले धरान विशेष इलाका संगठन कमिटीले दोस्रो संविधानसभा निर्वाचनमा सुनसरी–१ का एमाले उम्मेदवारलाई विजयी बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै ब्लाष्टकर्मी योगेशबाबु काप्mलेसहित छजनालाई प्रशंसापत्र प्रदान गरेको छ । संविधानसभा निर्वाचनको प्रचार–प्रसारका लागि झण्डै ४५ दिन प्रेस चौतारीको नेतृत्वमा ‘श्री सूर्य’ पत्रिका दैनिक प्रकाशन गरिएको थियो । ‘श्री सूर्य’ को सम्पादन तथा व्यवस्थापन क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै ब्लाष्टकर्मी काप्mलेसहित शेरबहादुर परियार तथा पत्रकारहरु सन्तोष काफ्ले, नवराज विष्ट, दिनेश गजमेर र गोमा लुइँटेललाई सांसद् कृष्णकुमार राईले प्रशंसापत्र प्रदान गरेका थिए ।