नेकपाको प्रचण्ड– माधव समूहका ३७ जना प्रदेश सभा सदस्यले प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रदेश १ सभामा गतिरोध उत्पन्न भएको छ ।

संघीय प्रतिनिधि सभा विघटनको परकम्प प्रदेशसम्म आइपुग्दा यहाँको राजनीतिक वृत्त तरंगित भएको हो । संसदीय दलको नेतासमेत रहेका मुख्यमन्त्री राईले संसदीय दलको विधानअनुसार अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका २० जनालाई २४ घण्टे स्पष्टीकरण सोधे र, १६ जनालाई तीन महिनाका लागि संसदीय गतिविधिमा संलग्न हुन नपाउने गरी निलम्बन गरे । 

यता प्रचण्ड माधव समूहले मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएर भीमप्रसाद आचार्यलाई निर्वाचित गरे । आचार्यले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई हटाएर सौभाग्य राई प्रमुख सचेतक नियुक्त गरे । आचार्यले पनि मुख्यमन्त्री राईलगायत ८ जना प्रदेशसभा सदस्यलाई संसदीय दलबाट तीन महिनाका लागि निलम्बन गरेको निर्णय गरे । 

९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७, कांग्रेसको २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १÷१ जना प्रदेश सभा सदस्य छन् ।

१ नम्बर प्रदेश सभाको माघ ७ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठक सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारीको पत्र पढेर अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगन गरेका थिए । प्रचण्ड माधव समूहको दबावका कारण सभामुख भण्डारीले माघ २५ मा दोस्रो बैठक बोलाएका थिए । तर बैठक सुरु भएको घोषणा गर्न नपाउँदै सत्तापक्षका प्रदेशसभा सदस्यहरूले अवरोध गरेपछि फागुन ९ सम्मका लागि बैठक स्थगन भएको थियो । 

यहाँ प्रदेश १ को राजनीतिक र संसदीय वृत्तका प्रमुख पात्रहरु र विश्लेषकको भनाइ राखेका छौं । 

१. सत्ता लम्ब्याउने कुनै गलत मनसाय छैन, अविश्वासको प्रस्ताव जबर्जस्ती अघि बढाइए प्रदेशसभा भंग गर्छु । – मुख्यमन्त्री शेरधन राई 
serdhan
२. औपचारिक रूपमा पार्टी विभाजन नहुञ्जेल प्रदेशसभा बैठक बस्न दिंदैनौं ।
– बुद्धिकुमार राजभण्डारी, प्रमुख सचेतक (नेकपा ओली समूह)
buddikarna
३. अविश्वासको प्रस्ताव दर्ता भएदेखि नै सत्तापक्ष प्रदेशसभाको बैठक लम्ब्याउने खेलमा लागेको छ । अविश्वास प्रस्ताव तत्काल प्रक्रियामा लगेर टुंग्याउनु उचित हुन्छ । 
– इन्द्रबहादुर आङ्बो, प्रदेश सभा सदस्य
indra
४. कांग्रेसले हौसिएर धारणा सार्वजनिक गर्नुको औचित्य छैन, अविश्वासको प्रस्ताव फिर्ता हुन पनि सक्छ, वा प्रस्ताव टेबल नहुञ्जेल कुनै निर्णय लिँदैनौं, सदन नछली प्रस्ताव अघि बढाउनुपर्छ ।
– केदार कार्की, नेता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस 
kedar
५. केन्द्रको समस्या प्रदेशमा ल्याउन हुँदैन सबै भताभुंग गर्नु हुँदैन । अविस्वासको प्रस्ताव ल्याउनु हुँदैनथ्यो । सहमति मै प्रदेश जानुपर्छ । – प्रा.डा. टंकप्रसाद न्यौपाने, विश्लेषक 
tanka
६. मुख्यमन्त्रीले प्रदेशसभा विघटन गरेर त हेर्नुस् । म चुनौती दिन चाहन्छु, मुख्यमन्त्रीको यस्तो धम्कीले केही हुनेवाला छैन । प्रदेशसभा विघटन गरिए हामी पुनस्र्थापित गर्छौ ।’ – भीमप्रसाद आचार्य, संसदीय दलका नेता प्रचण्ड– माधव समूह 
vhimeee