ब्लाष्टखबर ।  अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बिडेनले कोरोना भाइरसका विरूद्धमा कडा निर्णय लिएपनि भाइरसको संक्रमण बढ्दै गयो। भाइरसकाे सक्रमण अमेरिकाका सुरक्षाकर्मीमा पनि बढ्न सुरू गरेकाे छ । 

राष्ट्रपति बिडेनको पदग्रहण समारोहमा उपस्थित १०० देखि २०० राष्ट्रिय गार्डका सदस्यहरूमा कोरोना संक्रमण देखिएकाे रोयटर्सले जनाएकाे छ । 

संयुक्त राज्यका राष्ट्रपति जो बिडेनले पदभार पाउने बित्तिकै कोरोना भाइरस विरुद्ध लड्न मास्क लगाउन कडाइ गरेका छन्  । उनले  विदेशबाट अमेरिका आउनेहरुलाई क्वारनटेन गर्न आदेश दिएका छन। 

ह्वाइट हाउसमा १० कार्यकारी आदेशमा हस्ताक्षर गर्दै बिडेनले अमेरिकामा काेराेना बाट मृत्यु हुनेकाे अाकडा अाउने महिना ४ लाख बाट बढेर ५ लाख हुनसक्ने बताएका छन् । उनले यस्ताे  अवस्थाबाट बच्न प्रभावकारी निर्णय गर्नु आवश्यक रहेकाे बताएका थिए ।