धरान/ लामो समयपश्चात् महानायक राजेश हमालले कम्मर भाँचेका छन् । 

गायिका लक्ष्मी आचार्यको लोकगीत ‘आफ्नै नाम मन पर्यो’ बोलको गीतमा हमालले कम्मर भाँचेका हुन् । गीतमा कुलेन्द्र विश्वकर्माले पनि आचार्यलाई साथ दिएका छन् । गीतमा प्रेमिल भावहरू छन् ।

प्रल्हाद सुवेदीको शब्द तथा वसन्त थापाको सङ्गीत रहेको छ । हमाललाई नीता ढुङ्गाना र गायिका आचार्यले पनि साथ दिएका छन् । भिडियो शिव विकले निर्देशन गरेका हुन् ।