धरान/ ‘मेरो प्रेम’ नामक एल्बम्समेत निकालिसकेका धराने गायक सन्देश बम्जन तामाङ ‘वाई वाई नेपाल स्टार’ को उत्कृष्ट १८ मा पुगेका छन् ।

गायक तामाङले आफूलाई भोट दिएर जिताउनका लागि आग्रह गरेका छन् । तामाङले धरानका थुप्रै स्टेज कार्यक्रममा समेत गाउने गरेका थिए । सानैदेखि गायनमा सौख भएका उनले पछिल्लो केही वर्षअघि सङ्गीतसमेत सिकेका थिए । उनी धरानको प्रतिनिधित्व गर्दै अहिले नेपाल स्टारको प्लेटफर्ममा रहेका छन् ।

उनले आफूलाई जिताउनका लागि मोबाइलको म्यासेज बक्समा गएर ‘एनएस १३ टाइप गरी ३३००१’ पठाउनका लागि आग्रह गरे । उनको भोटिङ कोड १३ रहेको छ । साथै नेपाल टेलिभिजनको एप प्रयोग गरेर पनि भोट गर्न सकिने जनाइएको छ । यसअघि उनी नेपाल तारा र नेपाल आइडलमा समेत स्पर्धी रहेका थिए । उत्कृष्ट १८ बाट भोटिङ राउण्ड खुल्ला गरिएको छ ।

भोटिङ गर्नका लागि शनिबार राति ९ बजेबाट सोमबार राति १२ बजेसम्म खुल्ला रहने उनको बुबा पशुपति तामाङले जानकारी दिए । उनले आफ्नो छोरालाई जिताउनका लागि सबैसँग आग्रह गरेका छन् । उनले भने, ‘अहिले मेरो छोरामो मात्रै होइन, यो धरानको शान पनि हो । त्यसैले सबैले भोट दिएर जिताऔं ।’ उनले केही वर्षअघि एल्बम् बजारमा ल्याएका थिए । उनी बढी पप गीत गाउन मन पराउँछन् ।