ब्लाष्टखबर । विराटनगरमा झापा र सुनसरीका २ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । शुक्रबार राति सुनसरीको दुहवी नगरपालिका–९ की ६८ वर्षीया वृद्धा महिलाको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएकाे  हाे ।

कार्तिक १७ गते काेराेना संक्रमण  पुष्टि भएका वृद्धाकाे राती ९ बजे मृत्यु भएकाे अस्पतालका प्रबन्धक नारायण दाहालले जनाएका छन् । 

त्यस्तै, झापाको शिवसताक्षी–६ की २६ वर्षीया महिलाकोपनि शनिबार बिहान मृत्यु भएको प्रबन्धक दाहालले बताएका छन् । काेराेना संक्रमण पुष्टि भएपछि कात्तिक १५ गते उपचारका लागि भर्ना  भएकी महिलाकाे  बिहान करीब ३ बजे मृत्यु भएकाे प्रबन्धक दाहालले बताएका छन् ।