ब्लष्टखबर । काेराेना संक्रमित धरानका  थप एक जना महिलाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका १६ का ८१ बर्षीय बृद्धा रहेकाे प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताएका छन् ।

उनका अनुसार उच्च रक्तचापकाे सम्स्था रहेकी ती बृद्धामा कार्तिक १९ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । बिहिबार प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना भएकी उनकाे आज दिउसाे २ बजे मृत्यु भएकाे सहप्रवक्ता डा. श्रेष्ठले बताएका छन् ।