धरान । पछिल्लो २४ घण्टामा नेपालभर थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, आज निको हुने संक्रमितको संख्या ४ हजार ५ सय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ। भने, कोरोना संक्रमित भएर निको हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ। 

मन्त्रालयका अनुसार हाल ३४ हजार ९०५ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्।

अाज थप १८ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । याे संगै  नेपालमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या १ हजार ७० पुगेकाे छ ।